जेसिबीले ठक्कर दिँदा बालकको ज्यान गयो

/ प्रकाशित मिति :
मंगलबार, असार २६ २០८០

 

बागलुङ, २६ असार बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ बडिगाड गाउँपालिका–७ को भत्रेनीदेखी सोइरेनीसम्मको कच्चि सडक निर्माणका लागि जेसिवी त्यहाँ पुगेको थियो ।

सडक खन्नेक्रममा जेसिवीले ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो

। जेसिवीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनको बिषयमा थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो  ।