विष्णुनाथ गौतमको अन्तध्र्वनि नामक कविता संग्रह सार्वजनिक

/ प्रकाशित मिति :
शनिबार, असार २३ २០८០

 

बागलुङ, २३ असार – साहित्यकार बिष्णुनाथ गौतमको अन्तध्र्वनि नामक कविता संग्रह सार्वजनिक भएको छ । बिद्यामन्दिर पुस्तकालय साहित्यीक उपसमितिको आयोजनामा शनिबार आयोजित एक समारोहमा  गौतमको अन्तध्र्वनि बिमोचन गरिएको हो ।

कवितासङ्ग्रहको बिमोचन गर्दै बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार प्राज्ञ प्रेम छोटाले साहित्य समाजको दर्पण भएकाले यसको संरक्षण र प्रवद्धन गर्नुपर्ने बताउनुभयो । सुस्ताउदो साहित्यलाई  गौतमको अन्तध्र्वनि कविता संग्रहले नयां आयाम थपेको बताउनुभयो ।

कृतिको समिक्षा गर्दै म्याग्दीका साहित्यकार रामप्रसाद सुबेदीले अन्तध्र्वनि कविता संग्रहमा सरल तरिकाले सामाजिक वातावरण तथा धार्मिक कुराहरु समेटिएको बताउनुभयो ।

बिद्यामन्दिर पुस्तकालय अन्र्तगतको साहित्यीक उपसमितिका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवितासंग्रहका लेखक बिष्णुनाथ गौतम, बरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ, पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, मुल्पानी माबिका पुर्व प्रधानाध्यापक मेघराज पाण्डे, मुल्पानी माबिका शिक्षक तथा साहित्यकार नारायणप्रसाद गौतम,रेडक्रस सोसाईटीका पुर्व सभापति विश्वनाथ रेग्मी,साहित्यकार देबिप्रसाद सुबेदी शिवसस्मित, रमा गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र साहित्यीक उपसमिति सदस्य कोपीला कँडेलको संचालनमा सम्पन्न भएको थियो ।