कृषि, पशुपालन, पुर्वाधार र पर्यटनमा काँठेखोलाको जोड

/ प्रकाशित मिति :
सोमबार, असार ११ २០८០

बागलुङ, ११ असार – बागलुङको काँठेखोला गाँउपालिकाले कृषि पशुपालन, पर्यटन तथा शिक्षा र स्वास्थ्य लाई बिशेष जोड दिएको छ । आईतबार आयोजित १३ औ गाँउसभामा गाँउपालिकाका अध्यक्ष राजु थापाले पालिका भित्र परम्परागत कृषि प्रणालीलाई आधुनिकता र आयआर्जन तर्फ उन्मुख गराउदै नविनतम खेति प्रणालीको पहिचान गर्दै चिया, अलैची, टिमुर जस्ता नविनतम खेतिको पकेट स्थापना गरि ब्लकको रुपमा विकास गर्न यसबर्ष कृषि पकेट पुर्वाधार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उत्पादनमा आधारित कृषि, मासु तथा दुधजन्य सामग्रीको विक्रि वितरणका लागि अनुदान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिदै त्यसको वजार व्यवस्थापनका लागि आवस्यक पहल गरिने थापाले बताउनुभयो । कृषि तथा पशुपालनको क्षेत्रमा हेफर प्रोजेक्ट नेपालसंग गरिदै आइएको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना साझेदारी कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइने छ उहाँले भन्नुभयो ” ‘ सो कार्यक्रम माफर्त कृषि कर्मलाई थप आधुनिकीकरणका लागि कृषकहरुलाई अनुदानमा मिनिटेलर हलो, कुटानी पिसानी मिल, सिचाई पाइप, टनेल, च्याफ कटर, चेन स मिसिन र मल्टिक्रप थ्रेसर बितरण गरिने छ ।

साथै गत बर्ष देखि नै सञ्चालनमा आएको मौरीपालन व्यवसायलाई अझै थप व्यवस्थित गरि मौरी पकेट क्षेत्र समेत विस्तार गरि आवस्यक कार्यक्रमहरु सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ । काठेखोला, घोडाबाँधे, बेलढुंगा, गाजाको धुरी, थाप्ले, तिनचुले शिवधुरी, झुलेनी, मोथे, कान्छो धौलागिरि, खोरताल, बसन्ताप, देउराली ,रामकोट त्रिपुरेश्वर मन्दिर, रेशको सत्यवति, ओदानडाँडा मन्दिर, विहुँकोट, लेखानीको शिवालय लगायतका मठमन्दिरहरु धार्मीक आस्थाका स्तम्भहरु लाई थप पर्यटकिय क्षेत्रको रुपमा बिकास गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाको गौरबको योजना अन्तरगत काठेखोला वडा नं. ६ सुलडाँडा, किम्वोट, चिरपानी, धरमदास हुदै ठुलढुंगा जोड्ने सडक स्तरोन्नति र सुलडाँडा लेखानी मोटरबाटो अन्तरगत भुंदीखोला सिरीमपाटा खण्डको सडक स्तरोन्नतिको कार्य अगाडी वढाइने अध्यक्ष थापाले बताउनुभयो ।
यस्तै अध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने, शैक्षिक जागरण काकार्यक्रमहरु माफर्त सबैको लागि शिक्षा सञ्चालनमा जोड दिइने समग्र काठेखोला गाउँपालिको शिक्षा विकासका लागि “काठेखोला वासीको ईच्छा, गुणस्तरिय,व्यवहारिक र प्रविधिमैत्रि शिक्षा” भन्ने नाराका साथ यस क्षेत्रको शिक्षालाई वैज्ञानिक तवरले व्यवस्थापन गरिने गाउंपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।

युवा स्वरोजगार तर्फ काठेखोला गाउँपालिकामा रहेका प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा), सुरक्षित आप्रवाशन कार्यक्रमहरुलाई समायोजन गरि एकिकृत रुपमा श्रम तथा रोजगार शाखा स्थापना गरि सञ्चालनमा ल्याइने लगायतका कार्यक्रम समावेस छन ।यस्तै खानेपानि तथा सरसफाई कला संस्कृति खेलकुद सामाजिक समावेसीकरण, पालिका भित्रका गौरबका आयोजना सिंचाई लगायतका कार्यक्रम समेटिएका छन् ।

अध्यक्ष राजु थापाले प्रस्तुत गरेको निति तथा कार्यक्रम तालि बजाएर पारित भएको थियो ।