मातृभुमीको स्थापना दिवसमा जेष्ठ नागरिक लाई सम्मान

/ प्रकाशित मिति :
शनिबार, असार ९ २០८០

बागलुङ, ९ असार –मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको १६ औ स्थापना दिवसमा जेष्ठ नागरिक लाई सम्मान गरिएको छ ।
स्थापना दिवसका अवसरमा सहकारीमा आवद्ध ७५ बर्ष नाघेका ६ जना ज्येष्ठ शेयर सदस्य लाई सम्मान गरिएको संस्थाका सचिव रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा टिकाराम सापकोटा, गोबिन्द उपाध्याय,गंगाराम उपाध्याय , बुद्धीबहादुर छन्त्याल, यदुमाँया उपाध्याय र बल बहादुर कार्की रहनुभएको छ । सम्मानित सबैलाई नगद सहित माला र खादा लगाएर संस्थाका अध्यक्ष गुणराज पौड्याल, सल्लाहकार भवनराज बराल र लेखा समिति संयोजक सुरेन्द्र आचार्यले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै सम्मानित व्याक्तित्व सहकारी संस्थाका जेष्ठ सदस्य टिकाराम सापकोटाले आर्थिक मन्दिका कारण बिभिन्न सहकारी सघंसंस्था कमजोर बन्दै गएको बेला मातृभुमीको कारोबार सकरात्मक रहेको भन्दै जेष्ठ नागरिक लाई सम्झेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार भवनराज बराल र लेखासमिति सदस्य सुरेन्द्र आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मातृभुमी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, उपाध्यक्ष केदारनाथ पौड्यालको स्वागत मन्तव्य र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।