क्युपेक नेपाल बागलुङ जिल्ला अध्यक्षमा मनबहादुर थापा

/ प्रकाशित मिति :
बिहिबार, असार ७ २០८០

बागलुङ, ७ असार – नेपाल बिजुली,पेन्टर,पलम्वर,तथा निर्माण मजदुर युनियन(क्युपेक नेपाल)को ५ औ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले मनबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपेन्द्र गौतम, सचिव कमल कार्की,सह–सचिव रामकृण्ण सापकोटा र कोषाध्यक्षमा दिलबहादुर थापा रहनुभएको छ ।

समितीका सदस्यहरुमा ईश्वर रेग्मी,भुपेन्द्र खड्का,सिता रिजाल,ईन्द्रबहादुर बिक,गोकर्ण थापा,हरिकला पुन,मनोज साह तेली,सलमान,जग बहादुर बिक,गंगाबहादुर मगर दिपक,बेलीथापा मगर,शान्ती किसन नेपाली , शर्मिला बोहोरा र सुमन बोहोरा रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै क्युपेक नेपालका केन्द्रिय अध्यक्ष शान्ता बस्नेतले मजदुर वर्ग लाई राज्यले अपहेलना गरेको बताउनुभयो । ज्याला निर्धारण हुँदा मजदुरको प्रतिधित्व गर्न माग गर्दै बस्नेतले” ‘मजदुरका समस्या सबैका साभा बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले मजदुरका पक्षमा बनेका ऐननियमको पुर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा जीफन्ट गण्डकी प्रदेश उपाध्यक्ष लिला बहादुर कार्की,क्युपेक नेपाल केन्द्रिय महिला सचिव बलादेबी राई,वडाअध्यक्ष सुरज बोसेल,क्युपेक नेपाल कास्की जिल्ला अध्यक्ष तिर्थराज मगर, पर्वत जिल्ला अध्यक्ष बाबुराम सापकोटा र क्युपेक नेपाल बागलुङका संस्थापक अध्यक्ष हेमराज पौड्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम क्युपेक नेपालका संस्थापक अध्यक्ष भरत राउतको अध्यक्षता र सदस्य कमल राईको स्वागत मन्तव्य र ५ औ अधिवेशन आयोजक कमिटिका संयोजक मनबहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।