जीप दुर्घटनाका मृतक दुबैको पहिचान खुल्यो

/ प्रकाशित मिति :
बुधबार, असार ६ २០८០

बागलुङ, ६ असार – बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुबैजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा जैमिनी नगरपालिका–१० राङ्गखानीका दुर्गा पौडेल र चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गाका राजेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

जुत्ता चप्पल विक्रीको लागि दुई दिन अघि गलकोट गएको ग१च ९४८५ नम्बरको जीप बुधबार बिहान बागलुङ बजार फर्किदै गर्दा काठेखोला–५ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा दुर्घटना भएको थियो । जीप लोकमार्गबाट झण्डै पाँच सय मिटर तल खसेको प्रनाउ केसीले बताउनुभयो ।

दुर्घटनाको कारण अझै खुलेको छैन ।