बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु ,थप विवरण आउन बाँकी

/ प्रकाशित मिति :
बुधबार, असार ६ २០८០

बागलुङ, ६ असार – बागलुङको काठेखोला गाँउपालिकामा बुधबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने दुबैजना पुरुष रहेको तर पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

जीप मध्यपहाडी लोकमार्गदेखि ५०० मिटर तल खसेको केसीले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।