पत्रकार महासंघको अभियानलाई सघाउदै पत्रकार रामकृष्ण शर्माद्धारा सदस्यता त्याग

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ २२ २០८០

 

बागलुङ, २२ जेष्ठ – प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्माले पत्रकार महासंघको सदस्यता त्याग गरेको स्वघोषणा गर्नुभएको छ । लामो समय पत्रकारितामा रहेका शर्मा राजनीति र व्यवसायतर्फ लागेपछि आफु पत्रकार महासंघको सदस्य नरहने घोषणा गर्नुभएको हो

उहाँले सामाजिक सञ्जालमार्फत सदस्यता त्यागको स्वघोषणा गर्नुभयो । नेपाल पत्रकार महासंघले सञ्चालन गरेको शुद्धिकरण अभियानमा साथ दिँदै शर्माले महासंघको सदस्यता त्याग गरेको उल्लेख गर्नुभएको छ । शर्माले नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन महासंघले सञ्चालन गरेको अभियानलाई साथ दिँदै आफुले सदस्यता त्याग गरेको बताउनुभयो ।

धौलागिरी एफएमका पुर्व स्टेशन म्यानेजर रहुनुभएका शर्माले बिभिन्न संचारमाध्यममा रहेर सक्रिय पत्रकारिता गर्नुभएको थियो ।

पछिल्लो समय सामाजिक अभियानअन्तर्गत नेकपा एमाले बागलुङ नगर कमिटिको सचिव तथा व्यवसायिक हिसाबले सर्वसिद्धि हार्डवेयर प्रा.लि.का सञ्चालक रहनुभएका शर्मा महासंघको अभियानमा सदस्यता त्याग गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।