धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु

/ प्रकाशित मिति :
मंगलबार, जेष्ठ १६ २០८០

 

बागलुङ, १६ जेष्ठ – धादिङमा भिरबाट लडेर आमा–छोराको ज्यान गएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार हिजो घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् ।

दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।