राधाकृष्ण मन्दिर बागलुङमा धार्मिक पुस्तकालय स्थापना

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ १४ २០८០

 

बागलुङ, १४ जेष्ठ – राधाकृष्ण मन्दिर बागलु«ङमा धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका नौबिसे टोल निवासी स्यामप्रसाद श्रेष्ठ वझान्थाक्षे र केशवप्रसाद श्रेष्ठ वझान्थाक्षेले आफ्ना स्वर्गिय मातापिता ताराप्रसाद र पुर्णकुमारी वझान्थाक्षेको नाममा पुस्तकालय स्थापना गर्नुभएको हो ।

पुस्तकालयको उद्घाटन राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक तथा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीले गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले ग्रन्थ लेख्नु र संग्रह गरेर राख्नु महत्वपुर्ण कार्य भएको बताउनुभयो ।

धार्मिक ग्रन्थको आधारमा मात्र मुलकमा धर्म संस्कृति परम्परा र सभ्यता कायम रहने चर्चा गर्दै स्वामी ज्ञानानन्द सरस्वतीले” पुस्तकालयको माध्यमबाट धर्म संस्कारको बिकास हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले पछिल्लो समय पुस्तकालय गएर पढ्ने बानिको हस हुदै गएको भन्दै पुस्तक पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले सदरमुकाममा रहेका बिद्यामन्दिर पुस्तकालय र नवनिर्मित धार्मिक पुस्तकालयको माध्यमबाट पठनसंस्ृकृतिको बिकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीको अध्यक्षता र सचिव हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।