विश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङको कार्यालय स्थापना

/ प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १२ २០८០

बागलुङ, १२ जेष्ठ – विश्व हिन्दु महासंघ जिल्ला समिति, बागलुङको कार्यालय स्थापना भएको छ । शुक्रबार राधाकृष्ण मन्दिरको भवनमा स्थापना गरिएको कार्यलयको नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रम देबघाटका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले उद्घाटन गर्नुभयो ।

सो अवसमार बोल्दै स्वामी ज्ञानानन्द सरस्वतीले स्वधर्म संस्कृति र सभ्यतालाई विश्वभर फैलाउनुपर्ने बताउनुभयो । विश्वको सवै भन्दा पुरानो दर्शन वेदका अनुयायी हिन्दुहरुको सभ्यतामाथि चौतर्फी आक्रमण भएकोले यसको रक्षा गर्न अवाश्यक रहेको बताउनु भयो । कार्यालय स्थापना संगै जिल्लामा धार्मिक गतिविधी बढ्नुपर्ने चर्चा गर्दै” स्वामी ज्ञानानन्द सरस्वतीले‘ धर्म संस्कृतिको माध्यमबाटनै शान्ति स्थापना हुने बताउनुभयो ।

कार्यक्रममा श्रीधराचार्य शालग्राम संग्रालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले हिुन्दुधर्म माथि चौतर्फी आक्रमण भएकोले हिन्दुहरु सचेतबन्नुपर्ने बताउनुभयो । धर्मको रक्षा मानिसले गरेमा मानिसको रक्षा धर्मले गर्ने भन्दै धर्म भनेको मानिसको जीवन पद्धतिसंग जोडिएको दर्शन भएको बताउनु भयो । उहाँले धर्म संस्कृतिको रक्षाको लागि सबैले समन्वय सककार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रमेश कुमार राजभण्डारीको स्वागत र हरि प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो । समितिले हिन्दु धर्म संस्कारलाई प्रत्येक नेपालीको घर समाजमा पुर्याउन प्रचार प्रसार एवं घरदैलो अभियान सञ्चालन गर्ने अध्यक्ष लामिछानेले बताउनु भयो ।