म्याग्दीमा चट्याङ लागेर महिलाको मृत्यु

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ ४ २០८០

बागलुङ, ४ जेष्ठ– म्याग्दीमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

बुधबार साँझ वर्षासंगै परेको चट्याङ लागेर म्याग्दीको मंगला गउँपालिका–३ घाम्ताङकी ६० वर्षीय जगदेवी कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।

छोरीको घरमा आएकी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मृतकको सब पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले बताउनुभयो ।

घटनाको जानकारी पाउँदासाथ इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक पन्तको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल मुचुल्का बनाएर सवलाइ बेनी अस्पतालमा पठाएको उहाँले बताउनुभयो ।