घटेको मुल्य समायोजन गरी उपभोक्ता लाई राहत दिन उपभोक्ता मञ्चको आग्रह

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ ४ २០८០

बागलुङ, ४ जेष्ठ– राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले डिजेल र मटितेलमा घटेको मुल्य तत्काल समायोजन गरी उपभोक्ता लाई राहत दिलाउन आग्रह गरेको छ । मञ्चले जिल्ला प्रशासन कार्यालय बागलुङको नाममा एक बिज्ञप्ती जारीगरी नेपाल आयल निगमले यही जेठ २ गते डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० को दरले घटाएको मुल्य कायम गरी उपभोक्ता लाई राहत दिलाउन माग गरेको हो ।

उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठद्धारा हस्ताक्षेरित बिज्ञप्तीमा आयम निगमले घटाएको मुल्य उपभोक्ताको पक्षमा सकरात्मक भएपनि कार्यान्वय नहुनु दुखद भएको उल्लेख छ ।

ईन्धनको मुल्य बढ्दा उपभोक्ताको लागि पनि बढ्ने र घट्दा घट्ने बैज्ञानिक तथा बैधानिक पाटो बन्नुपर्नेमा व्याव्हारमा कार्यान्वयन हुन नसकेकोले बजार मुल्य समायोजन गरी उपभोक्ता हित प्रवद्धनमा टेवा पुर्याई सहयोग गरिदिन आग्रह गर्दछौ, बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै ढुङ्गा बालुवा गिटी तथा ढुवानी भाडादर अत्यन्त महंङ्गो हुनुका साथै अनियमितता प्रचुर मात्रामा बढेको तथा यातायात क्षेत्रमा पनि भाडादर समायोजन गर्न आवश्यक रहेको मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।