पार्किङ अभाव र बसपार्क स्थानान्त्रण ट्राफिक व्यवस्थापनका चुनौती–श्रेष्ठ

/ प्रकाशित मिति :
आइतबार, बैशाख ३१ २០८០

बागलुङ, ३१ बैशाख – साताव्यापी रुपमा संचालन गरिएको ट्राफिक सप्ताह समिक्षात्मक कार्यक्रम सहित आईतबार सम्पन्न भएको छ ।
सप्ताहको अन्तिम दिन ट्राफिकले संचालन गरेको साताव्यापी कार्यक्रममा सहयोग पुर्याउने बिभिन्न क्षेत्रका लाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पछिल्लो समय बढ्दो सवारी चाँप संगै पार्किङ र बसपार्क स्थानान्त्रत्रण ट्राफिक व्यवस्थापनका मुख्य चुनौती रहेको बताउनुभयो । बसपार्क र जिपपार्कको व्यवस्थापन गर्न सके सवारी दुर्घटनाको जोखिम कम हुने चर्चा गर्दै नगरप्रमुख श्रेष्ठले” यसबारे सरोकारवाला बैठक बसेर साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । ट्राफिक व्यवस्थापनमा नगरपालिकाले सहयोग र पहल गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिहं थापा, नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव बिजय राना, सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिलादेबी खड्का, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, धौलागिरी गण्डकी प्राःलि का अध्यक्ष उमेश केसी र बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्काले साप्ताहिक रुपमा भएगरेका गतिविधी बारे जानकारी गराउनुभएको थियो । उहाँले सप्ताहको समापन भएपनि चेकजाँचमा कडाई लगायत ट्राफिक सचेतना बारे आफुहरु निरन्तर लागि पर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता र प्रहरी निरिक्षक राजाराम खड्काको संचालनमा सम्पन्न भएको थियो ।