ट्राफिक सप्ताहको तेश्रो दिन पर्चा पम्प्लेट वितरण सहित सचेतना कार्यक्रम

/ प्रकाशित मिति :
बुधबार, बैशाख २७ २០८០

 

बागलुङ, २७ बैशाख – साताव्यापी रुपमा संचालन गरिएको ट्राफिक सप्ताहको तेश्रो दिन बुधबार बागलुङमा बाटो वारपार गर्दा अपनाउनुपर्ने नियम बारे पर्चा पम्पलेट वितरण गरिएको छ ।बढ्दो सहरिकरण संगै हुनसक्ने सम्भावित सवारी दुर्घटना न्युनिरणका लागि बागलुङ सहित गण्डकी प्रदेशभर गत सोमबार देखी ट्राफिक सप्ताह शूरु गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालय बागलुङले जिल्लामा रहेका सबै सामाजिक संघ संस्था सँगको सहकार्यमा शुरूवात गरेको ट्राफिक सप्ताह लाई प्रभावकारी बनाउन सवारी साधनहरुमा स्ट्रिकर टासेर समेत जनचेतना फैलाईरहेको छ ।

ट्राफिक सप्ताहको अवसरमा यहाँका मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गरि जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस, मास्क वितरण जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिन बहादुर खड्काले बताउनुभयो ।दिनहुँ जसो हुने सवारी दुर्घटनाबाट सवारी चालकको मृत्यु तथा शरीर अंगभंग हुने गरेको घटनालाई न्युनिकरण गर्न ट्राफिक जनचेतनामूलक कार्यक्रम संचालन भईरहेको खड्काले बताउनुभयो ।

ट्राफिक सप्ताहको तेश्रो दिन आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका राजाराम खड्का एभिन्युज खबर संवाददाता राजेशचन्द्र राजभण्डारीले ट्राफिक नियमको पालना गर्नु र गराउनु सबैको हितमा भएको बताउनुभएको थियो ।ट्राफिक प्रहरीले जेब्राक्रस बाट बाटो काट्न सिकाउनुका साथै सर्वसाधारण लाई मास्क समेत बितरण गरेको थियो ।

सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाई प्रशिक्षण दिने र पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।