काठेखोलामा जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाईते

/ प्रकाशित मिति :
आइतबार, बैशाख १០ २០८០

बागलुङ १० बैशाख –गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन् । ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपमा सवार गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र चालक अविशेक श्रेष्ठ घाइते भएका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । केसीका अनुसार घाईते चारै जनाको अबस्था सामान्य छ । जीपको ब्रेक फेल भएर मध्यपहाडी लोकमार्गदेखि दश मिटर तल खसेको थियो ।