बागलुङमा ५ लाखको विरशाली पन्त स्मृति कोष स्थापना

/ प्रकाशित मिति :
बिहिबार, बैशाख ७ २០८០

बागलुङ, ७ बैशाख– नेपाली साहित्यको ईतिहासमा प्राथमिककालिन भक्तिधाराका कवि बागलुङको मुलपानीमा जन्मिएका विरशाली पन्तको स्मृतिमा विरशालीपन्त स्मृति कोष स्थापना गरिएको छ ।नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्य भन्दा पहिले ढिकिचौरमा जन्मीनुभएका कवि पन्तको एतिहासिक महत्व लाई जिवन्त बनाउने उदेश्यले ५ लाख रुपयाँको अक्षयकोष स्थापना गरिएको हो ।

कोष संचालनका लागि बागलुङ नगरपालिकाको संरक्षकत्वमा प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा ७ सदस्यीय प्रवन्ध समिति गठन गरि प्रतेक बर्ष राष्ट्रिय प्रादेशिक र स्थानिय स्तरमा भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने लाई २५ हजार नगद सहित विरशाली पन्त गौरवमय पुरस्कार गर्ने निर्णय भएको छ ।

कोषको उपाध्यक्षमा शिक्षासेवी महेशचन्द्र प्रधान, सदस्य सचिव उपप्राध्यापक हरिप्रसाद पाण्डेय, कोषाध्यक्ष गोबिन्द गौतम रहनुभएको छ ।
यसैगरी समितिका सदस्यहरुमा क्याम्पस प्रमुख प्राःडा रामप्रसाद उपाध्याय, वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ र पन्त समाज बागलुङका अध्यक्ष तथा गुप्तेश्वरी बुहमुखी क्याम्प प्रमुख ज्ञानेन्द्र रहनुभएको छ ।

कोषको संचालनका लागि बागलुङ नगरपालिका बाट ५ लाख रुपयाँ कोषको नाममा जम्मा गरिएको अध्यक्ष प्राज्ञ प्रेम छोटाले जानकारी दिनुभयो । सो कोषको व्याजबाट बर्षेनी प्रदान गरिने पुरस्कार सम्मान र मुलधनको बृद्धिको आधारमा पुरस्कारको राशिमा पनि बृद्धि गदै लैजाने उदेश्य रहेको बताएको छ ।