कुडुलेमा आयोजित शालग्राम महोत्सवको तयारी तिव्र

/ प्रकाशित मिति :
आइतबार, बैशाख ३ २០८០

बागलुङ, ३ बैशाख – बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा यहि बैशाख ११ गते देखी हुन संचालन हुन गईरहेको शालग्राम महोत्सवको तयारी तिव्र पारिएको छ । बैशाख ११ गते देखि १५ सम्म हुन गईरहेको यसपटकको शालग्राम महोत्सवलाई सहित्य संगीत तथा साधनात्मक रुपमा सम्पन्न गरिने भएको हो ।

कृष्ण गण्डकीको महत्व, शालग्रामको महिमाको महत्व बुझाउनका लागि महोत्सवको आयोजना गरिएको शालग्राम संग्राहालयका परिकल्पनाकार तथा मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीले भगवान बिष्णुको रुपमा पुज्ने गरिएको शालग्राम शिलाको संरक्षण गर्ने उदेश्यले शालग्राम महोत्सव संचालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

महोत्सव लाई सफलतापुर्वक सम्पन्न गर्नका लागि बिभिन्न समिति र उपसमिति निर्माण, मन्दिर परिषर सरसफाई लगायतका कार्य तिव्र बनाईएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन बैशाख ११ गते कालीगण्डकी र शालग्राम गौरवगाथा विषयक कविगोष्ठी सहहित समुद्घाटन, १२ गते कालीगण्डकी र शालग्राम कथाव्याथा विषयक रत्यौलीसहित आध्यात्मिक प्रवचन, १३ गते कालीगण्डकी र शालग्राम महिमा विषयक आध्यात्मिक भजन झाँकी नृत्य सहित आध्यात्मिक प्रवचन, १४ गते कालीगण्डकी र शालग्राम कथाव्इाथा विषयक आध्यात्मिक दोहोरी र हास्यकलाकार दाह्रीबाको आध्यात्मिक प्रस्तुती र १५ गते प्रवचन, पुरस्कार, सम्मानसहित समापन गरिने स्वामी ऋषी प्रपन्नाचार्यले बताउनुभयो ।

संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ ।
एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना तयार गरिएको छ ।सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् ।