काँठेखोलामा संचालित मेलमिलाप तालिमको समापन

/ प्रकाशित मिति :
शनिबार, चैत्र २५ २០७९

बागलुङ, २५ चैत – जिल्लाको काँठेखोलामा संचालित मेलमिलाप सम्बन्धी ८ दिने तालिमको एक समारोहका बिच समापन भएको छ ।

तालिम समापनका अवसरमा सहभागी लाई प्रमाणपत्र वितरण गर्दै काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले हरेक नागरिकहरुलाई छिटो छरिटो र विश्वस्निय न्यायीक सेवा प्रवाह गर्न मेलमिलापकर्ताको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

मेलमिलापकर्ताले न्याय सम्पादनका दुबैपक्षको जितको अनुभुती हुने गरी जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा थापाले जोड दिनुभयो । उहाँले तालिमका सिकेका कुराहरु लाई व्याव्हारमा लागु गर्न आग्रह गर्नुभयो ।

पालिकाका उपाध्यक्ष तेज बहादुर थापा तिलकको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख प्रशासकिय अधिकृत खगराज गौतम,प्रशिक्षक द्धय ठाकुरराम चौलागाई र एम ज्योती, वडानम्वर–६ का अध्यक्ष तथा न्यायिक समिति सदस्य बृहस्पती कँडेल, कार्यपालिका सदस्य भुमादेबी पुन र तालिमका सहभागी प्रेम केसी र रनमाया कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख मनोज कार्कीले गर्नुभएको थियो ।