मानवअधिकारका लागि एकल महिला समुहको छैठौ साधारण सभा

/ प्रकाशित मिति :
बुधबार, चैत्र २२ २០७९

बागलुङ, २२ चैत – मानवअधिकारका लागि महिला एकल महिला समुहको छैठौ साधारण सभा बुधबार एक समारोहका बिच सम्पन्न भएको छ ।
सो अवसरमा बोल्ने सहभागीले द्धन्दप्रभावित तथा बिभिन्न कारणले एकल जिवन जिउन बाध्य महिलाको हकअधिकार सुरक्षित गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए । महिला लगायत बिभिन्न पिछडिएको वर्ग र क्षेत्रका अधिकार शुनिश्चीत गर्नका लागि राज्यले बिभिन्न सकरात्मक कानुन निर्माण गरेको भन्दै सहभागीले ” ‘ महिला सम्बन्धी संबिधानमा उल्लेख भएका निति नियमको व्याव्हारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा समुहका सल्लाहकार तथा अधिवक्ता राम शर्मा, लक्ष्मी बास्कोटा, एकल महिला समुहका उपाध्यक्ष टिका भण्डारी, सदस्य पार्वती खड्का अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मानवअधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष खडक कुमारी खड्काको अध्यक्षता, कोषाध्यक्ष सन्तु खड्काको स्वागत मन्तव्य र सचिव सिता देबी सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।