प्रविधि सहयोग गरिएका व्यावसायको अनुगमन

/ प्रकाशित मिति :
बुधबार, चैत्र २२ २០७९

बागलुङ, २२ चैत – पर्यटन तथा उद्योग कार्यालय बागलुङको अगुवाईमा अनुदानमा प्रविधि सहयोग अन्र्तगतका व्याव्सायीक पसलहरुको अनुगमन गरिएको छ ।

पर्यटन कार्यालय सहित जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको टोलीले बजारका बिभिन्न १० वटा व्याव्सायीक पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अनुदानमा प्रविधि सहयोग गरेका हाते तथा सिलाई कटाई मेसिनहरु पुर्णरुपमा संचालनमा आएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख गोमादेबी शर्मा रिजालले जानकारी दिनुभयो । आफ्नो कार्यालय बाट प्राप्त गरेका मेसिन मार्फत व्याव्साय फस्टाएको देख्दा खुसी लाग्यो, उहाँले भन्नुभयो । पर्यटन कार्यालयले आयोजना गरेका तालिम मार्फत संचालित व्यावसायको अनुगमन गरिएको रिजालले बताउनुभयो ।

बजारमा संचालित अनुदानमा आधारित सबै व्याव्साय राम्रो संग संचालनमा आएको अनुगमनमा सहभागी बागलुङ नगरपालिकाका अधिकृत सरस्वती देबी रेग्मीले बताउनुभयो ।रेग्मीका अनुसार बजार स्थित १० वटा व्याव्सायिक पसलहरुको अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले मनसुन दालमोट उद्योगमा सरसफाईका मापदण्ड पुरा नभएको बताउनुभयो । उद्योग राम्रो संग संचालन भएपनि सरसफाईका केही मापदण्ड पुरा नभएकाले पुरा गर्न निर्देशन दिएका छौ ”उहाँले भन्नुभयो ।

हरेक सेवा प्रवाह लाई छिटो छरितो र पारदर्शी बनाई उपभोक्ताको हकहित संरक्षण गर्नका लागि अनुगमन लाई निरन्तरता दिईने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।