थप ३८ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित १ सय ९४

/ प्रकाशित मिति :
आइतबार, चैत्र १९ २០७९

 

बागलुङ, १९ चैत – थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट ७०१ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८५ र एन्टीजेनबाट ५१६ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।