डा.तरुण पौडेल चिकित्सा कोषबाट ४ स्वास्थ्यकर्मी पुरस्कृत

/ प्रकाशित मिति :
शनिबार, चैत्र १८ २០७९

बागलुङ, १८ डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार जनालाई पुरस्कृत गरिएको छ ।
धौलागिरी अञ्चल  अस्पतालमा प्रमुख भई लामो समय काम गर्नुभएका  डाक्टर पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहित गर्ने उदेश्यले स्थापना गरेको कोषबाट यस वर्ष तीन स्वास्थ्यकर्मी र एकजना सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मान गरिएको छ।

पुरस्कृत हुनेमा भैरहवामा कार्यरत वरिष्ठ नेत्ररोग बिषेषज्ञ प्रा.डा. साल्मा केसी, म्याग्दीमा कार्यरत अनमी लक्ष्मीकुमारी पुर्जा, पर्वतका जनस्वास्थ्य अधिकृत लक्ष्मण उपाध्याय र ईन्द्रलक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी नारायण चालिसेलाई प्रदान गरिएको कोषका अध्यक्ष काजिरोशनले जानकारी दिनुभयो ।

त्यसैगरी यसबर्षको डा. तरुण पौडेल चिकित्सा सम्मान मोदीबेनी ज्येष्ठ नागरिक आश्रमलाई प्रदान गरिएको कोषले जनाएको छ । पुरस्कृत सबैलाई कोषका अध्यक्ष काजिरोशन, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र कोषका अध्यक्ष डा. तरुण पौडेलले नगद सहित दोशल्ला र सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले स्वास्थ्यक्षेत्र जस्तो संबेदनसिल क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उचो बनाउनका लागि पुरस्कारले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा संबिधान सभा सदस्य रत्ना शेरचन, पुरस्कृत व्याक्तित्व प्रा.डा.साल्मा केसी, नारायण चालिसे, दिर्घनारायण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।पुरस्कृत व्याक्तित्वबारे बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख तथा कोषका सदस्य रामप्रसाद खनालले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम डा. तरुण पौडेल चिकित्सा कोषका अध्यक्ष काजिरोशनको अध्यक्षता, सदस्य देबबहादुर श्रेष्ठको स्वागत मन्तव्य कोषका स्थापनाकार डा. पौडेलको धन्यबाद र सदस्य शकुन्तला शर्माको संचालनमा सम्पन्न भएको थियो । २०६९ शालमा स्थापना भएको कोषले यसबर्ष ८ औ पुरस्कार तथा सम्मान वितरण गरेको हो ।