तरकारी खेती सम्बन्धी ३ दिने आधारभुत तालिम सम्पन्न

/ प्रकाशित मिति :
बिहिबार, चैत्र १६ २០७९

 

बागलुङ, १६ चैत्र – छिमेकी लघुबित्त बित्तिय संस्था बागलुङले तरकारी खेती सम्बन्धी ३ दिने आधारभुत तालिम सम्पन्न गरेको छ ।

सिपमुलक तालिम दिएर आत्मनिर्भर गराउने उदेश्यले संस्थाका ३३ जना सदस्य लाई तालिम दिएको छिमेकी लघुबित्त बित्तिय संस्था बागलुङका प्रवन्धक सरोज अधिकारीले जानकारी दिनुभयो ।

तालिमको सहजिकरण सामाजिक बिकास तथा ग्राहक संरक्षण बिभागका कृषि प्राविधिक निशान्त श्रेष्ठले गर्नुभएको थियो । आफ्ना ग्राहक वर्ग लाई सिप सिकाई उद्यमसिल बनाउने उदेश्यका साथ बागलुङ र पर्वतका ३३ जनालाई तालिम दिईएको प्रवन्धक सरोज अधिकारीले बताउनुभयो ।

तालिमका सहभागिले तालिममा सिकेका कुराहरु अव व्याव्हारमा लागु गर्ने बताएका थिए ।