ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न उपसमिति गठन

/ प्रकाशित मिति :
शुक्रबार, चैत्र ३ २០७९

बागलुङ , चैत ३ – कालीका भगवती गुठी ब्यवस्थापन समितिको आयोजनामा यहीँ चैत १३ गतेदेखि १७ गतेसम्म हुने चैतेदशै मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले बागलुङमा प्रत्येक बर्ष हुने ऐतिहासिक चैते दशै मेला सम्पन्न गर्न गुठीका अध्यक्ष कुमार खड्काको मुल संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको छ ।

चैत्राष्टमी मेलाको प्रचारप्रसार उपसमिति संयोजकमा प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी ,ठेलो उपसमितिमा पारस खड्का दोहोरी गित उपसमिति संयोजकमा भरत खड्का ,भलिबल उपसमिति संयोजकमा अर्जुन खड्का, मञ्च तथा स्टल ब्यवस्थापन उपसमिति संयोजकमा ध्रुव खड्का ,अनुगमन संयोजक राम शर्मा ,अतिथि सत्कार उपसमिति संयोजकमा बिद्या खड्का ,कलाकार संयोजक भरत खड्का ,रमाइलो मेला लोक बहादुर खड्का ,रथ यात्रा ब्यवस्थापन उपसमितिमा मुकुन्द शाक्य र आर्थिक संयोजकमा रामबहादुर खड्का रहेको कालीका गुठी ब्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

५ दिनसम्म संचालन हुने चैत्राष्टमी मेला भब्य रूपमा सफल पार्न बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिका बागलुङ उद्योग बाणिज्य संघ ,बन उपभोक्ता समिति ,लगायत क्रियाशील संघसंस्थालाई सह आयोजकमा राखिएको गुठीले जनाएको छ ।