विश्व उपभोक्ता अधिकार दिवस बुधबार बागलुङमा पनि मनाइयो

/ प्रकाशित मिति :
बुधबार, चैत्र १ २០७९

बागलुङ, १ चैत्र – विश्व उपभोक्ता अधिकार दिवस बुधबार बागलुङमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ । पर्यटन तथा घरेलु उद्योग कार्यालय बागलुङको आयोजना तथा तथा प्रशासन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजनमा दिवस मनाईएको हो ।

सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले खाद्य अधिकार सुरक्षित गर्नका लागि उपभोक्ता सचेत बन्नुपर्ने बताउनुभयो । उत्पादक र उपभोक्ता दुबै सचेत रहनुपर्ने चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ” ‘ सबै सचेत हुन सकेमात्र अधिकार सुरक्षित हुने बताउनुभयो । राज्यले व्यवस्था गरेका अधिकारको व्याव्हारमा कार्यान्वयन हुनुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गणेस पौडेल र खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताले खाद्य अधिकार प्राप्तीको लागि उत्पादक र उपभोक्ता सबै सचेत बन्नुपर्ने बताए ।बक्ताले जनताका अधिकार सुरक्षित गर्नका लागि राज्य निरिह भएको टिप्पणी समेत गरे ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठले अरु लाई गाली गरेर मात्र अधिकार सुुनिश्चीत नहुने भन्दै उपभोक्ताको हकहित बिपरिताका गतिविधि पाईएमा कानुनी रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला सहकारी सघंका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेल र नेपाल मानव अधिकार संगठनका अध्यक्ष लक्ष्मी जिसी कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम पर्यटन तथा घरेलु उद्योग कार्यालय बागलुङका प्रमुख गोमा देबी शर्मा रिजालको अध्यक्षता र राष्ट्रिय उपभोक्ता मञ्चका कोषाध्यक्ष युक्तजंङ्ग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।