बिद्यालय सहित धौलागिरी अस्पतालका क्यान्टीनको अनुगमन

/ प्रकाशित मिति :
आइतबार, फाल्गुन २८ २០७९

बागलुङ, २८ फागुन – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाईमा आईतबार धौलागिरी अस्पताल लगायत   केही बिद्यालयका क्यान्टीनको  गरिएको छ ।

गुणस्तरहिन खाद्यबस्तुको प्रयोगले बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकरात्मक असर लाई रोक्नका लागि दोश्रो चरणको अनुगमन अन्र्तगत बागलुङ नगरपालिका अन्र्तगतका केही बिद्यालय र धौलागिरी अस्पतालका क्यान्टीनको अनुगमन गरि सचेत गराईएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बागलुङले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सहित जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रुपमा अनुगमन गरी खाद्य सुरक्षाबारे जानकारी गराएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्राविधिक सहायक सहन्सा कुमार मेहताले जानकारी दिनुभयो । अनुगमनका क्रममा बिद्यालय र अस्पताल  लाई खाद्य स्वच्छताका आधारभुत मापदण्डको पालना गर्न आग्रह गरिएको थियो ।

कतिपय बिद्यालयले बिद्यार्थीलाई खुवाउने खाजा घरबाटै ल्याउने भएकाले समस्या नभएको मेहताले जानकारी दिनुभयो । खाद्य असुरक्षा बाट बच्न र आम जनसमुदायमा सचेतना जगाउनका लागि अनुगमन लाई जारी राख्ने उहाँले बताउनुभयो ।

गुणस्तरहिन सामग्रीको प्रयोग बाट बच्न र बचाउनका लागि अनुगमन लाई निरन्तरता दिने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।