बिपन्न बालबालिका लाई ड्रेस र शैक्षिक सामग्री वितरण

/ प्रकाशित मिति :
बिहिबार, माघ २६ २០७९

दिल बहादुर थापा
बागलुङ, २६ माघ–ज्योतीपुञ्ज प्राथमिक बिद्यालय बा.न.पा ७ मा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सघं गठन भएको छ ।
बिद्यालयमा आयोजित अभिभावकहरुको भेलाले महेन्द्र कुमार विश्वकर्माको अध्यक्षतामा नयां व्यवस्थापन समिति गठन गरेको हो ।समितिका सदस्यहरुमा सपना न्युरे, दिनिसा घमाल, खेम केसी, बिजयालक्ष्मी गौतम, याम प्रसाद शर्मा, मेघनाथ गैरे, रेश्मी परियार र मनिलाल गैरे रहुनुभएको छ ।

त्यसैगरी भगवती गौतमको अध्यक्षतामा शिक्षक अभिभावक सघं गठन भएको छ । समितिका सदस्यहरुमा सन्जु गौतम, सिता रेग्मी सपना घमाल, तुलसी परियार बिमला केसी राधिका आचार्य रहनुभएको छ ।भेलालाई संबोधन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बिद्यालयको भौतिक र शैक्षिक उन्नतीका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको बालमैत्री अभियान लाई सफल बनाउनका लागि सबै सरोकारवाला संग सहकार्य गर्ने बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाले बिद्यालयमा अध्यनरत ४० जना बिद्यार्थी लाई बिद्यालय ड्रेस र शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।
बानपा ७ का सामाजिक अभियान्ता सुरेन्द्र गैरेले बिभिन्न व्याक्तिबाट रकम जुटाएर ३ जना लाई ड्रेस र शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । सो बिद्यालयमा गबिर दलित तथा बिपन्न वर्गका ४० जना बालबालिका अध्यनरत छन् ।