बागलुङ र पर्वतले पायो क्रिकेट संघको मान्यता

/ प्रकाशित मिति :
शुक्रबार, माघ २០ २០७९

दिल बहादुर थापा
बागलुङ, २० माघ – नेपाल क्रिकेट संघको पोखरामा सम्पन्न बोर्ड बैठकले गण्डकी प्रदेशको बागलुङ र पर्वत जिल्लालाई क्रिकेट संघको मान्यता दिएको छ ।

विवादका बाबजुत पोखरामा सम्पन्न क्यानको बैठकले बागलुङ र पर्वतलाई क्रिकेट संघको मान्यता दिने निर्णय गरेको हो ।

बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गरेको जानकारी दिदै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरिएको बताउनुभयो ।

निर्णयको स्वागत गर्दै जिल्ला क्रिकेट संघ बागलुङले क्रिकेट एशसिएसन अफ नेपाल क्यान परिवारलाई धन्यवाद दिएको जिल्ला क्रिकेट संघ बागलुङका सचिव फडिन्द्र खड्काले जानकारी दिनुभयो ।

जिल्ला क्रिकेट संघको मान्यताले बागलुङ जिल्लामा क्रिकेटका गतिविधी थप अगाडि बढ्दै जाने र खेलाडि उत्पादनमा पनि सहयोग पुग्ने खड्काले बताउनुभयो ।