बागलुङमा पछिल्लो ६ महिनामा ७ जना कुष्ठरोगीको पहिचान

/ प्रकाशित मिति :
आइतबार, माघ १५ २០७९

 

बागलुङ, १५ माघ – बागलुङमा पछिल्लो ६ महिनामा ७ जना कुष्ठ रोगीको पहिचान भएको छ । बडिगाड गाउँपालिकामा ३ जैमुनी नगरपालिकामा २ गल्कोट नगरपालिकामा १ र बागलुङ नगरपालिकामा १ गरी ७ जना नयाँ कुष्ठ रोगीको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

७० औ कुष्ठ रोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको पत्रकार अन्तरक्रिर्यामा स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देब प्रकाश घिमिरेले गत बर्ष भन्दा यस बर्ष कुष्ठ रोगीको संख्या बढि भएको जानकारी दिनुभयो ।

माईकोब्याक्ट्रेरियम लेप्रे नामको जिवाणु बाट सर्ने यो रोगको समयमै उपचार हुन नसके अंङ्गभंङ्ग समेत हुने घिमिरेले बताउनुभयो बताउनुभयो । उहाँका अनुसार देशभर २२ सय ८५ जना कुष्ठरोगीको संख्या रहेको छ भने गण्डकी प्रदेशमा ९३ जना रहेको छ ।

कुष्ठरोगले बिशेष गरी छाला हात खुट्टा अनुहार र स्नायु लगायतका अँङ्गहरुमा असर गर्दछ । स्वासप्रस्वासको माध्यमबाट सर्ने यो रोग लामो समय सम्म सम्पर्कमा रहने व्याक्ति लाई मात्र सर्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्माले बताउनुभयो ।

शरीरमा नचिलाउने रातो वा फुस्रो दागहरू देखा पर्नु, हातखुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराएर जानु,नशा सुन्निनु र पीडा हुनु,हात खुट्टा ताथा आँखाको मांशपेशीहरू कमजोर हँुदै जानु,कानको लोती बाक्लो हुनु वा लोतीमा गिर्खाहरू देखिनु, अनुहारको छाला रातो, बाक्लो र चिल्लो, चम्किलो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउ हुनु लगायतका लक्षण देखिने शर्माले बताउनुभयो ।

बागलुङमा कुष्ठरोग निवारणका लागि सक्रिय बिरामीको खोजी गर्ने, उच्च जोखिम भएको क्षेत्रमा परिक्षण तथा चेकजाच ,घरधुरी परिक्षण गर्ने लगायतका कार्य भईरहेको क्षयकुष्ठ निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।