अमर माःबि बिहुँकोटको ५७ औ बार्षिकोत्सव साताव्यापी कार्यक्रमका साथ सम्पन्न

/ प्रकाशित मिति :
शुक्रबार, माघ १३ २០७९

बागलुङ, १३ माघ – जिल्लाको काँठेखोला गाँउपालिका – ५ स्थित अमर माध्यमिक बिद्यालय बिहुँकोट बागलुङको ५७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध साताव्यापी कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सवको उद्घाटन गर्दै काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक अभिभावक र बिद्यार्थी बिचको त्रिपक्षिय सम्बन्ध हुनुपर्ने बताउनुभयो ।समयानुकुल बैज्ञानिक र व्यव्हारिक शिक्षानै आजको आवश्यकता भएको चर्चा गर्दै उहाँले“अमर माबि लाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।

बिद्यालयका प्रधानाध्यापक भिष्म कँडेलले बिद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत यो बिद्यालय तत्कालिन नेपाल सरकार शिक्षा मनत्रालय बाट २०७४मा नुमना बिद्यालयको रुपमा कार्यक्रम सुचिकृत भएपछि ५बर्षे बिद्यालय सुधार गुरुयोजना निर्माण गरि बिद्यालयको शैक्षिक ,भौतिक तथा ब्यबस्थापकिय सुधारका कार्यक्रमहरु संचालन गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा गाउककपालिका प्रमुख प्रसासकिय अघिकृत खगराज गतौम, वडासदस्य भानुभक्त सुवेदी ,भिमसेन क्याम्पसका प्रमुख बालाकृष्ण कंडेल,महिला नेतृ ज्ञानकुमारी श्रीष शर्मा, लेखानी माबिका प्रधानाध्यापक खिमानन्द कंडेल, शिबधुरी सामुदायिक उपभोक्ता समितिका सचिव तुलसीदेबि शर्मा सुवेदी, अक्षयकोषदाता नारायणप्रसाद कंडेल, बिद्यालय ब्यस्थापन समितिका सदस्य चन्द्रदत्त कंडेल, पसुपति कपि उद्योगका संचालक हरि सापकोटा, बिद्यार्थि अजय सुनार ,सोनिया कंडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

साताव्यापी रुपमा संचालित कार्यक्रममा अन्र्तबिद्यालय स्तरिय प्रतियोगिता, हिसाब दौड,शब्द बौद्धिक पहिचान चिनारी ,पैसा टिपाई, खो खो कबड्डी लगायतका खेल संचालन गरिएको खेल संयोजक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञामनाथ कँडेलको अध्यक्षता, बिद्यालयका सहायक प्रधानाध्यापक रघुपति शर्माको स्वागत मन्तव्य र शिक्षक गणेस प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।