रेडक्रस मालिका उपशाखाद्धारा साविकका वडामा स्टेचर सहयोग

/ प्रकाशित मिति :
बिहिबार, पुष २८ २០७९

बागलुङ, २८ पुष – नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले साबिकका वडाहरुमा स्टेचर सहयोग गरेको छ ।

उपशाखाले मालिकाको तल्ली बान्द्रे देखी साबिकको वडा नम्वर ९ सम्मका बिभिन्न टोलमा गरी ११ वटा स्टेचर सहयोग गरेको हो । वडाका सबै टोलहरुमा सडक विस्तार नभएकोले जो कोही बिरामी परेको बखत वा जेष्ठ नागरिकलाई स्वास्थ्य सस्था सम्म पुर्याउनका लागि सहयोग पुर्याउने उदेश्यले स्टेचर वितरण गरिएको उपशाखा प्रमुख रेशम सापकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बर बाहदुर लामिछानेले सम्बन्धीत वर्गका लागि मालिका उपशाखाले गरेको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले रेडक्रसको उदेश्य सबैको दुखसुखमा साथ दिने भएको बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका– ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा ,सदस्य चक्रपाणि शर्मा पुर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटा , घनश्याम सापकोटा ,कृष्ण प्रसाद सापकोटा, रबि प्रसाद शर्मा ,फुल प्रसाद सापकोटा जिवननाथ रेग्मी ,गोबिन्द सापकोटा ,खडानन्द सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण श्रेष्ठ र अर्जुन कार्कीले स्टेचरको बारेमा डेमो प्रस्तुतगर्नु भयको थियोे । स्टेचर मालिका समाज जापानले सौजन्य गरेको थियो ।

कार्यक्रम रेडक्रस सोसाईटी मालिका उपशाखाका अध्यक्ष रेशम सापकोटाको अध्यक्षता, सदस्य सिता सापकोटाको स्वागत मन्तव्य र सचिव मातृका प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।