नवयुवक आधारभुत बिद्यालयको ४१ औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
शुक्रबार, पुष २२ २០७९

भरत सापकोटा
बागलुङ, २२ पुष – जिल्लाको काँठेखोला गाँउपालिका – ५ बिहुँकोट स्थित नवयुवक आधारभुत बिद्यालयको ४१ औ बार्षिकोत्सव विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सवको उद्घाटन काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले शिक्षामा गुणस्तर कायम गर्नका लागि शिक्षक अभिभावक र बिद्यार्थीको पारस्परीक सम्बन्ध हुनुपर्ने बताउनुभयो । गुणस्तरीय जनशक्तिले मात्र देश र समाज बदल्न सक्ने चर्चा गर्दै उहाँले” ‘शैक्षिक गुणस्तर बृद्धिका लागि गाँउपालिकाले शैक्षिक कार्यविधि तयार गर्न लागेको जानकारी दिनुभयो ।सामुदायिक बिद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि गाँउपालिका सदैब साथमा रहेको थापाको भनाई थियो ।

बिद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन बिद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा काँठेखोला गाउपालिका – ५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेल, वडा नम्वर–१ क अध्यक्ष खडक थापा, नेपाल शिक्षक सघँ बागलुङका अध्यक्ष उमाकान्त शर्मा पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य भुमिश्वर कँडेल, श्रोत व्याक्ति रामानन्द कँडेल, महिला नेतृ ज्ञान कुमारी श्रीस शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालयका संस्थापक, जग्गादाता, चन्दादाता ,अक्षयकोष दाता लाई सम्मान गरिएको थियो । सेवा निवृत सुजता साक्य, पुर्व शिक्षक रामशरण पोखरेल, भिम पुन लाई बिदाई गरिएको थियो ।

बार्षिकोत्सवका अवसरमा आयोजित बिभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट बिद्यार्थी लाई पुरस्कृत गरिएको बिद्यालयले जनाएको छ ।
सो अवसरमा भुकम्प पुननिर्माण प्राधिकरणले ७७÷ ०७८÷मा ७० लाख ४०हजार लागातमा निर्माण गरिएको ४कोठे भुकम्प प्रतिरेधि भवनको समेत काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षता, शिक्षिका नन्द कुमारी ठकुरीको स्वागत मन्तव्य र शिक्षक अमर सैजुवालको संचालनमा सम्पन्न भएको थियो ।