बिहुँकोट अमर क्याम्पसको १० औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
मंगलबार, पुष १९ २០७९

भरत प्रसाद सापकोटा
बागलुङ, १९ पौष – जिल्लाको काठेखोला गाउपालिका – ५ स्थित बिहुँकोट अमर क्याम्पसको १० औ बार्षिकोत्सव बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बर्षिकोत्सवको उद्घाटन गर्दै काठेखोला गाउंपालिकाका उपाध्यक्ष तेज बहादुर थापा तिलकले शिक्षाक्षेत्रमा राज्य र नागरिक दुबैले गरेको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकिएको बताउनुभयो ।समय अनुकुलको बैज्ञानिक र व्याव्हारिक शिक्षाका लागि गाउपालिकाले शैक्षिक निति निर्माण गर्न लागेको चर्चा गर्दै” थापाले‘ क्याम्पस संचालन र बिद्यार्थी व्यवस्थापनका लागि बढ्दो बसाईसराई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा क्याम्पसको आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख केशवप्रसाद कँडेलले बिगतमा भन्दा अहिले बिद्यार्थी संख्या बढेको बताउनुभयो । १५ जना बाट २०६७ सालमा स्थापना भएको क्याम्पसका हाल ५१ जना बिद्यार्थी संख्या रहेको कँडेलले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ । उहाँले आगामी दिनमा बिद्यार्थी संख्या अझै बढ्दै जाने सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रममा पुर्व सासंद गोबिन्द प्रसाद शर्मा कंडेल ,अमर माध्यमिक बिद्यालयका प्रधानाध्यापक भिष्म कंडेल ,क्याम्पस ब्यवस्थापन समितिका पुर्व अध्यक्ष नविन कँडेल, बागलुङ समाज जापानका अध्यक्ष नारायण प्रसाद कँडेल राजु, महिला नेत्री ज्ञानकुमारी श्रिस शर्मा ,संचालक समितिका सदस्य प्रेम पुन, शिब प्रसाद कंडेल, कर्मिल आधारभुत बिद्यालयका लिलाधर कंडेल,हिरालाल सापकोटा, प्रध्यापक शंकर कंडेल, संस्थापक सदस्य खगिशरा न्यौपाने,अभिबावक डिल बहादुर वि.क बिद्यार्थि गौरी कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बिबिएस प्रथम बर्षमा उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रतिक्षा गुरुङ लाई पुरस्कृत गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष गौरिशंकर शर्मा सुबेदीको अध्यक्षता, प्राध्यापक बिमला चपाईको स्वागत मन्तव्य र प्राध्यापक गणेश प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।