भिमसेन माःबिको बार्षिकोत्सव साताव्यापी कार्यक्रमका साथ सम्पन्न

/ प्रकाशित मिति :
सोमबार, पुष ४ २០७९

बागलुङ, ४ पौष – बागलुङको काठेखोला गाँउपालिका–६ सुल्डाडा स्थित भिमसेन माध्यमिक बिद्यालय बिहुं बागलुङको ४२ औ बर्षिकोत्सव तथा अभिभावक दिवस साताव्यापी कार्यक्रमका साथ सम्पन्न भएको छ ।

समापन कार्यक्रम लाई संबोधन गर्दै काँठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले शैक्षिक क्षेत्रको उथ्थानका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले सामुदायिक बिद्यालयको बिकास तथा शैक्षिक गुणस्तर कायम गर्नका लागि राज्य सहित स्थानिय सरोकारवाला एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बिद्यालयको भौतिक संरचना निर्माणमा पालिकाले योजना बनाएर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा बिद्यालयमा पुर्व प्रधानाध्यापक टिकाराम सापकोटा, लेखानी माबिका प्रधानाध्यापक खिमानन्द कंडेल, भिमसेन माबिका पुर्व शिक्षक शिवलाल कँडेल, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने, चन्दातादा शालग्राम कँडेल, अक्षयकोषदाता केशव भण्डारी, बिद्यार्थी आयुष्मा कँडेल र सन्देश कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिद्यालयका प्रधानाध्यापक रघुनाथ कँडेलले बिद्यालयको बर्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालय स्थापना गरिएका बिभिन्न दर्जन बढि अक्षय कोषबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी, उत्कृष्ट खेलाडी उत्कृष्ट शिक्षक र बिद्यालयलाई बिभिन्न क्षेत्र बाट सहयोग पुर्याउनेहरु लाई सम्मान गरिएको शिक्षक नारायण कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठेखोला गाउपालिका– ६ का अध्यक्ष बृहस्पति कँडेलको अध्यक्षता शिक्षक बालकृष्ण कँडेलको स्वागत मन्तव्य र अर्का शिक्षक नारायण प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।