बसुन्धरा प्राःबिको ३१ औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
शुक्रबार, पुष १ २០७९

बागलुङ, १ पौष – बसुन्धरा प्राथमिक बिद्यालय बा.न.पा ३ खहरेको ३१ औ बार्षिकोत्सव तथा अभिभावक भेला बिहिबार एक समारोहका बिच सम्पन्न भएको छ ।
बार्षिकोत्सवको उद्घाटन बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धन प्रसाद पोखरेलले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सामुदायिक बिद्यालयको बिकासको लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो । शिक्षामा गुणस्तर कायम गर्नका लागि शिक्षक अभिभावक र बिद्यार्थी सबैको सामुहिक दायित्व रहेकोमा पोखरेलले जोड दिनुभयो ।

त्यस्तै बा.न.पा ३ का वडा अध्यक्ष सनि केसी लक्ष्मणले शैक्षिक सुधारका लागि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा बिद्यालयका अक्षयकोषदाता मेजर तेज बहादुर खत्री, समाजसेवी स्याम प्रसाद न्युरे, बिद्यालयका पुर्व प्रधानाध्यापक नगेन्द्रराज पन्त, पुर्व शिक्षक तारा बहादुर बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।बिद्यालयका प्रधानाध्यापक सृष्टी केसीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्ब प्रधानाध्यापक नगेन्द्रराज पन्त, पुर्व शिक्षक तारा बहादुर बिक, बिद्यालयका सहजकर्ता मंगली थापा र ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसी लाई सम्मान गरिएको शिक्षिका दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षता, शिक्षिका सरिता पाण्डेको स्वागत मन्तव्य र दुर्गा न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।