निशुल्क स्वास्थ्य शिविर बाट १५ सय बढि लाभान्वित

/ प्रकाशित मिति :
शनिबार, असोज ८ २០७९

लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको आयोजनामा बागलुङ नगरपालिका– ६, लहरेपिपलमा शनिवार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले आफु जन्मेको माटो र आफू हिडेको बाटोको लागि योगदान गर्न सबै जुट्नु पर्ने बताउनुभयो । शिविरवाट १५ सय बढी बिरामी लाभान्वित भएको मिडिया संयोजक ज्ञान बहादुर सिहँले जानकारी दिनुभयो ।

फेवासिटी हस्पिटल, पोखराको प्राविधिक सहयोगमा संचालित शिविरमा डा. कृष्ण बहादुर थापा, प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठ लगाएत १४ जना विशेषज्ञ चिकित्सकले सेवा दिनु भएको क्लबका अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनुभयो ।
वागलुङ नगरपालिका वडा नं. ६ ले सह–आयोजना गरेको शिविरमा विरामीहरुको निशूल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी वितरण समेत गरिएको थियो ।

लायन्स डेपुटी डिपार्टमेन्ट चिफ अनुप रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रूद्र कोसि., लायन दुर्गा कुवर, प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठ, लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन इनका अध्यक्ष नारायण प्रसाद आचार्यले गर्नु भएको थियो ।