बागलुङमा प्लाष्टिकको चामल भेटिएपछि परिक्षणका लागि नमुना पठाइयो

/ प्रकाशित मिति :
बिहिबार, साउन १२ २០७९

 

बागलुङ, १२ साउन – बागलुङ बजारमा प्लास्टिक चामल भेटिएको आशंकापछि खाध्य गुण नियन्त्रणले परिक्षणका लागि चामलको नमुना लिएको छ ।

बागलुङ नरपालिकामा रहेको एक सहकारीले बितरण गर्दै आएको चामल पलाष्टिको भएको पाइएपछि परिक्षणका लागि खाद्य गुण नियन्त्रणको कार्यालयले नमुना लिएको हो ।

बागलुङ नगरपालिका –२ कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाले बिक्रीवितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाध्य गुणनियन्त्रण कार्यालय पोखराबाट टोली आएर चामलको नमुना लगेको छ ।

खाध्य गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मन्च र संचारकर्मीको रोवरमा कमर्शीयल बहुउद्देश्यीय सहकारीमा भएको चामलको परिक्षणको लागि नमुना लिने काम भएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बजारमा प्लास्टिकको चामल भेटिएको आशंकापछि चामलको नमुना लिएर प्रयोगशालाको ल्याबमा टेस्टको लागि काठमाडौ पठाउने खाद्य गुण नियन्त्रण कार्यालय पोखराका खाध्य निरीक्षक पुर्णकला थापाले बताउनुभयो ।

एकजना उपभोक्ताकोमा समस्या देखिएको हुदा यसको गुणस्तर चेकजाँच गर्ने प्रक्रिया अगाडि बढाउने काममा सहयोग गरेको कमर्शीयल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणी शर्माले बताउनुभयो । खाना पकाउने क्रममा कम पानी भए नपाक्ने समस्या देखिएको भात बल जसरी उफ्रिएपछि चामल खरिद गरेको सहकारीमा जानकारी गराएको स्थानीय कबिन्द्र बोहोराले बताउनुभयो ।