काजि रोशनको “मेरा हरपल” नामक कृति सार्वजनिक

/ प्रकाशित मिति :
शनिबार, असोज ९ २០७८

बागलुङ, ९ असोज– धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजि रोशनको मेरा हरपल नामक कृति सार्वजनिक भएको छ । प्रतिष्ठानको ३७ औ स्थापना दिवसका अवसरमा आयोजित एक समारोहका बिच रोशनको कृति बिमोचन गरिएको हो ।

कृतिको विमोचन धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. राम प्रसाद शर्मा उपाध्यायले गर्नुभएको थियो । बिमोचन पछि बोल्दै उहाँले भाषा कला र साहित्यको उथ्थानका लागि काजिरोशनले निरन्तर रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले निरन्तरको रोशनको लगावले प्रतिष्ठानले राष्ट्रिय रुपमानै पहिचान बनाएको दाबी गर्नुभयो ।

सो अवसरमा धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक हरि प्रसाद गौतम र नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव बिजय रानाले मन्तब्य ब्यक्त गर्दै नेपाली साहित्य लाई अगाडी बढाउनका लागि काजि रोशनको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

कृतिको समिक्षा गर्दै धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हरी प्रसाद पाण्डेले धौलागिरीको साहित्यीक माहोलमा काजिरोशनको कृतिले थप ईटा थपेको बताउनुभयो । सो अवसरमा सर्जक मेघराज पाण्डेले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षता, संस्थापक सदस्य स्याम श्रेष्ठको स्वागत मन्तब्य र सचिव राम अबिरलको संचालनमा सम्पन्न भएको थियो ।