यम्मी किचनको शाखा अब कुश्माबजारमा

भदौ ६ गते देखि औपचारिक रुपमा ग्राहकको लागि खुल्ला गरिने
कृष्ण संयोग,बागलुङ / प्रकाशित मिति :
शुक्रबार, भाद्र ४ २០७८

बागलुङमा दुईबर्ष यता बिभिन्न देशका खाजाको स्वाद पस्किँदै आएको यम्मी किचन हाउसले पर्वतमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । पर्वतको कुश्माबजारको मिलनचोकमा शाखा बिस्तार भएको हो ।
२० लाखको लगानीमा संचालन ल्याएकोे किचन हाउसमा नेपाली स्वादिलो खाजाका परिकार, तिब्बत खाजा सेटहरु साथै अन्नराष्ट्रिय क्वालिटिका खाजाका सेटहरु पाईने शाखाका म्यानेजर दिपक सुनारले बताए ।

बागलुङमा आकर्षक सजावट, स्वादिलो खाजाका परिकारहरु, तथा उचित व्यवस्थापन संचालन भएको र ग्राहकहरुको प्रतिक्रिया निकै राम्रो पाएकोले कुश्मा शाखा खोल्न थप उर्जा मिलेको किचन हाउस संचालक दिल रानाले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।
विद्यार्थीहरुले विद्यालयको परिचयपत्र लिएर आएमा १० प्रतिशत छुट दिईने किचन हाउसले जनाएको छ । भदौ ६ गते देखि औपचारिक रुपमा ग्राहकको लागि खुल्ला गरिने छ ।
आकर्षक डेकोरेशनमा संचालन भएको किचन हाउस सस्तो मूल्यमा स्वादिलो तथा फरक स्वादका लागि खाजा पाउने भएकाले ग्राहकहरु पहिलो बन्ने संचालक रानाको भनाई छ ।