छिमेकी मुलुकमा कोरोना संक्रमण बढ्दै गएपछि सामुहिक जमघट नगर्न सरकारको आग्रह

/ प्रकाशित मिति :
सोमबार, चैत्र ९ २០७७

बागलुुङ, ९ चैत – नेपाल सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरि छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने खतरालाई मध्य नजरगरि सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह आग्रह गरेको हो ।
नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जुलुस, सम्मेलन, गोष्ठी, सेमिनार, भीँडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १ सय ८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएकासँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९ सय ६ पुगेको उल्लेख गरेको छ ।
पछिल्लो चौबीस घण्टामा १ सय ६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ९ सय ११ जना निको भएका छन् । हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।