आफन्तको सम्झनामा सहिद स्मृति पार्क निर्माण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर २२ २០७७

सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट मारिएकाको सम्झनामा काठेखोला गाउँपालिका वडा नं. १ पालामा सहिद स्मृति पार्क निर्माण थालनी भएको छ ।
सशस्त्र युद्वको बेला पालामा ६ जना मारिएका थिए । उनीहरुको सम्झनामा वडाबाट बजेट विनियोजन गरेर पार्क र उनीहरुको मुर्ति राख्ने योजना बनाएको अध्यक्ष खड्गबहादुर थापाले बताउनुभयो । प्रदेश र संघ सरकारले चासो दिए काम छिटो सकिने उहाँको भनाई छ ।
मृतक नगेन्द्र र भद्रकलीका छोरा मिनबहादुर थापा निर्माण समितिको अध्यक्ष रहनुभएको छ । परिवारका सदस्यको सम्झनाका लागि पार्क र शालिक बनाउन लागेको थापाले बताउनुभयो । सानो बजेटले ठूलो काम आ“टेकाले तीन वर्षसम्म पुरा हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
गत आर्थिक वर्षको ५ लाख रुपैया“ले पार्कको पहिलो तल्ला निर्माण भएको छ । एक तला पुरेर सडकको सतहमा आएपछि भ्यू प्वाइन्ट र ६ जनाको शालिकसहितको पार्क बनाउने तयारी गरिएको हो । पार्कबाट बागलुङका अधिकांस भूगोल र सदरमुकाम देखिन्छ ।
वडामा बजेट नभएकोले धेरै लगानी गर्न नसकेको जानकारी दिदै वडा अध्यक्ष थापाले कम्तिमा १५ लाख रुपैया“को जोहो भए पार्क सम्पन्न हुने बताउनुभयो । वडाबाट खर्चने बजेट अभावमा काम समयमा पुरा गर्न नसकिने चिन्ता बढेको उहाँले बताउनुभयो ।