सुनचाँदी व्यवसायी संघ, बागलुको अध्यक्षमा राजभण्डारी चयन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर २१ २០७७

नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा युवराज राजभण्डारी चयन हुनुभएको छ । संघको बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनले राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कविराज सुनार, उपाध्यक्षमा आदार राजभण्डारी, सचिवमा परशुराम विश्वकर्मा, कोषाध्यक्षमा अनिस खाती, सहसचिवमा राजेन्द्र विश्वकर्मा र सहकोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा रहनुभएको छ ।
यस्तै, समितिको सदस्यहरुमा मनबहादुर विश्वकर्मा, अशोक विश्वकर्मा, भक्त विश्वकर्मा, विष्णुप्रसाद विश्वकर्मा, धना सुनार, सिता राजभण्डारी रहनुभएको छ भने निर्वतमान अध्यक्ष ओमबहादुर बिश्वकर्मा पदेन सदस्यमा चयन हुनुभएको छ । १ सदस्यपछि मनोनित गरिने समितिले जनाएको छ ।
कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष मनकाजी विश्वर्कमाले कोरोना संक्रमणका कारण व्यवसायी कठिन अवस्थामा रहेकाले व्यवासायीहरुको हकहितका लागि निरन्तर रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
व्यवसायी सुदेश राजभण्डारीले सरकारले माग अनुसार सुनको आपुर्ति गर्न नसक्दा व्यवसायीले सधै दुख पाएको गुनासो गर्नुभयो । कार्यक्रम अध्यक्ष ओमबहादुर विश्वकर्माको अध्यक्षता र सहसचिव कविराज विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।