बागलु्ङमा १७ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवस मनाईयो

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर २१ २០७७

१७ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवस बागलुङको काठेखोला गाउँपालिकामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
वर्तमान अवस्थामा महिला स्वास्थ्य स्वयमसेविकाको भुमिकाको बिषयमा छलफल र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरि मनाइएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले मानव जिवनका लागि स्वस्थ जिवन महत्वपूर्ण रहेकाले जिम्मेवारीका साथ काम गर्न स्वयमंसेविकाहरुलाई आग्रह गर्दै कोरोनाको यो बिषम परिस्थितीमा अग्रपंक्तिमा रहेर काम गरेकाहरुको क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले पहल र प्रयास गने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्की र महिला स्वास्थ्य स्वयमसेवीकाको तर्फवाट माया कँडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जेष्ठ महिला स्वास्थ्य स्वयमसेवीका सरस्वती कँडेलको अध्यक्षता, जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाको स्वागत र सिनियर अहेव अधिकृत सोमराज पाण्डेको संचालनमा सम्पन्न भएको थियो