कक्षा १२ को परिक्षाको अन्तिम दिन शिक्षा इकाईको अनुगमन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर १७ २០७७

कोरानाको कहरका बिच संचालन भएको कक्षा १२ को परिक्षाको अन्तिम दिन शिक्षा बिकास तथा समन्वय इकाई बागलुङको टोलिले अनुगमन गरेको छ ।
शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ सहितको टोलीले बलेवा क्षेत्रमा संचालित परिक्षाको अनुगमन गरेको हो ।
परिक्षा मर्यादित भए नभएको, बिद्यालयहरुका पठनपाठन भए नभएको तथा कोरोनाको कहरमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाए नअपनाएको बिषयमा नारायणस्थानमा रहेको गणेश मावि, जनताधन मावि र धौलागिरि पोलिटेक्निक इन्सीच्युटको अनुगमन गरिएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले परिक्षा मर्यादित रुपमा र एक बेन्च एक व्यक्तिको आधारमा जेड आकारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर संचालन भएको पाइएको जानकारी दिदै उहाँले बिद्यालयमा पठनपाठन पनि सोहि अनुसार रहेर संचालन गर्न आग्रह गरिएको बताउनुभयो ।
पठनपाठन संचालन गर्दा कक्षागत तथा तहगत रुपमा पालो बाढेर, धेरै बिद्यार्थी भएको खण्डामा जोर बिजोरको आधारमा २० जना भन्दा बढि नहुने गरि संचालन गर्न निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । टोलिले बन्जीजम्प संचालकसंग पनि छलफल गरि बिद्यार्थीहरुलाई आवतजावत गर्दा ५० प्रतिसत छुट दिन आग्रह गरिएको जनाएको छ ।