कोरोना महामारीमा ट्रेड युनियन काँग्रेसको भुमिका अन्तरक्रिया सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर १७ २០७७

नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको आयोजनामा मंगलवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ माहामारीमा ट्रेड युनियन काग्रेसको भुमिका बिषयमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य तथा बिदेश बिभाग प्रमुख दुर्गादत्त आचार्यले कोरोना संक्रमणको लक्षयण एकैपटक जुटेको अवस्थामा स्वास्थ्यमा जटिलता आउन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले संगठन बिस्तार गर्ने शिलशिलमा कार्यकर्ताहरु बिच आपसी सद्भाव र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ट्रेड युनियन काँग्रेस महिला समितिका केन्द्रिय उपाध्यक्ष सकुन्तला शर्मा र नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष सिता शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता, निर्माण समितिका अध्यक्ष भिमबहादुर क्षेत्रीको स्वागत र सचिव कुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो ।