राष्ट्रिय युवा संघ गलकोटको अध्यक्षमा मनोज कुमार थापा चयन

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, मंसिर १४ २០७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको साझा संगठन राष्ट्रिय युवा संघ गलकोटको भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले मनोज कुमार थापा संयोजक रहेको ४५ सदस्यीय राष्ट्रिय युवा संघ गलकोट नगर कमिटि गठन गरेको छ । समितिको सह–संयोजकमा टंक कार्की चयन हुनुभएको छ । बाँकी ४३ जना सदस्य समानुपातिक हिसाबले मनोनित हुनुभएको छ ।
युवाहरुको भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरेले अब राजनीतिक दलको नेतृत्व युवा पुस्ताले मात्रै गर्न सक्ने धारणा राख्नुभयो । दुई पार्टीको एकतापछि बनेको युवा संघ बलिायो भएको भन्दै गैरेले सशक्त कार्यक्रम गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटिका कार्यालय सदस्य लाल थापा, जिल्ला कमिटि सदस्यहरु फमलाल न्युरे, फरेन्द्र थापा, डम्मबहादुर श्रीष, राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज नरेश केसी, जिल्ला अध्यक्ष रेशम घर्तिलगायतले बोल्नुभएको थियो ।