लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बागलुङमा शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर १០ २០७७

लैंगिक हिसाँ बिरुद्धको १६ दिने अभियान बागलुङमा पनि बुधवारदेखी शुरु हुने भएको छ ।
प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने अभियान यसबर्ष भने कोरोना भाइसरको संक्रमणको जोखिमका कारण बिगतमा जस्तो धुमधामका साथ मनाउन नपाईने भएको छ ।
बागलुङ नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखाका प्रमुख सरस्वती देबी रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बिभिन्न महिला सघं—संगठनको बैठकले यसबर्षको अभियानलाई सचेतना मुलक कार्यक्रम गरि संचालन गर्ने निर्णय गरेका छन् ।
बैठकले पहिलो दिन बुधबार जिल्ला स्थित बिभिन्न सरकारी कार्यालय तथा सघंसंस्थामा सेतो रिबन बितरण गर्ने र हिसां बिरुद्धको अभियानमा एक्यबद्धता जनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
लैङ्खिक हिसांँ बिरुद्धको अभियान सम्बन्धी सबै सरोकारवाला लाई सचेत गराई एक्यबद्धता जनाउनका लागि सेतो रिबन बितरण अभियान शुरु गरिने बागलुङ्ख नगरपालिका वडा नम्वर ३ का अध्यक्ष एबं न्यायीक समिति सदस्य लक्ष्मी बास्कोटाले जानकारी दिनुभयो ।
लैङ्खिकहिसां बिरुद्धको अभियान सबैको साझा अभियान भएको जानकारी दिदै बास्कोटाले अभियानमा सबैको साथ र सहयोग आवश्यकता पर्ने बताउनुभयो । लैङ्खिक हिसां महिला र पुरुष दुबै माथि हुन सक्ने भएपनि नेपालको सन्दर्भमा भने बिशेष गरी महिला र बालबालिका माथि हुने गरेको बिभिन्न तथ्याङ्कहरुमा उल्लेख गरिएको छ ।
यसबर्षको नारा लैङ्खिक हिसां बिरुद्धको प्रतिबद्धता, व्याक्ति समाज र परिवारको एक्यबद्धता रहेको छ । यसैगरी बैठकले लैङ्खिक हिसां बिरुद्धको नारा सहितको ब्यानर बागलुङ नगरपालिका र नगरकार्यपालिकाको कार्यालयमा राख्ने निर्णय समेत गरेको छ ।
अभियान अन्र्तगत अल्पकालिन महिला सेवा केन्द्र र न्यायिक समितिले गरेका कार्यक्रमको समिक्षात्मक अन्तरक्रिया आयोजना गर्नका लागि अल्पकालिन महिला सेवा केन्द्र र न्यायिक समितिलाई अनुरोध गरिने भएको बैठकमा सहभागि नेपाल महिला सघंका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिनुभयो ।