झोलुङ्गे पुल क्षेत्रमा युवाहरुले स्वतस्फूर्त रुपमा सरसफाई

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर १០ २០७७

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दावि गरिएको झोलुङ्गे पुल क्षेत्रमा युवाहरुले स्वतस्फूर्त रुपमा सरसफाई गरेका छन् ।
पुल अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुले पुल आसपासको क्षेत्रमा चाउचाउ, विष्कुटका खोल तथा पिय पदार्थका बोतलहरु जथाभावी फाल्नाले पर्यटकीय स्थल कुरुप हुँन थालेको भन्दै बागलुङका युवाहरुले सरसफाई गरेका हुन् ।
बागलुङ बजारका रिवाज शर्मा, यलोन थापा, निश्चल थापा, केशव थापा र सनम रुचालको समूहले पुल आसपासको क्षेत्रमा सरसफाई गरेका थिए ।
पुल अवलोकनका लागि पुग्ने पर्यटकहरुले पुल अवलोकन गर्ने, खाजा खाने तर फोहोर व्यवस्थापनमा ध्यान नदिने गर्दा पुल आसपासका क्षेत्रमा फोहोर थुप्रिएको देखेपछि सरफाई गरिएको युवा रिवाज शर्माले बताउनुभयो ।
बागलुङको आर्कषक गन्तव्यका रुपमा चिनाउने पुल कुरुप हुँदै गएपछि स्वतस्र्फूत रुपमा सरसफाई गरिएको जानकारी दिदै शर्माले सम्बन्धित निकायले फोहोर व्यवस्थापनका लागि पहल गरी डस्विन राख्न आवश्यक रहेको बताउनुभयो ।
उनिहरुले पुलमा नियमित सरसफाई गर्ने योजना रहेको बताएका छन् । युवाहरुले पर्वत र बागलुङ तर्फ १४ बोरा फोहोर संकलन गरेको जानकारी गराएका छन् ।