मोदीवेणीधाममा एकादशीमा मेला लगाउन सिसीएमसीको रोक

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बुधबार, मंसिर १០ २០७७

हरिबोधनी एकादशीको अवसरमा पवित्र कालीगण्डकी नदिको मोदीवेणीधाम लगायतका धाममा मेला नलगाउन सिसीएमसी पर्वतले आग्रह गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारी झनै फैलन सक्ने भन्दै मंगलवार विहान बसेको सिसीएमसी पर्वतको वैठकले कालीगण्डकीमा स्नान गर्न र तोरण तार्ने लगायका भिड भाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको हो ।
हरिबोधनी एकादशीको अवसरमा मोदीवेणी, जैमिनीघाट, गोपाङघाट, नयाँपुल, मिलनचोक, वारीवेनी लगायतका घाटमा स्नान गर्न सर्वसाधारणहरुको घुँईचो लाग्ने गरेको छ ।
सिसीएमसी पर्वतले कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका विभिन्न वडालाई पत्राचार गर्दै मोदीवेणी, जैमिनीघाट, गोपाङघाट नयाँपुल लगायतका स्थानमा हुने भिडभाड रोक्नका लागि आग्रह गरेको हो ।
यस्तो महामारीका बेला हुने जमघट र भिडभाडले कोरोना संक्रमण समुदायस्तरमा फैलने भएकाले कुनै कार्यक्रम नगर्न भनिएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।